Logo
Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले लिए शपथ



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज वैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालसमक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल ललितपुरमा सपथग्रहण गरेका छन् ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकामा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरेका छन् । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्