Logo
Logo
नक्कली शरणार्थी प्रकरण

टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्दै सीआइबी


8.3k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबारे अनुसन्धान गर्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

यो ठगी धन्दामा फरार रहेका नेकपा एमाले सांसद एवंम पूर्वमन्त्री टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सीआइबीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । शुक्रबार संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी बुधबारबाट फरार छन् । वैशाख २५ गते संसद सचिवालयमा भने उनले आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए ।

प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो ।

सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको स्रोतको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्