Logo
Logo

एमालेले भन्यो- बैठकमा संघीयताबारे छलफल भएकै छैन


1k
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको जनाएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक शनिबार समापनपछि एमालेले बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न समेत नसकिने बताए । बैठक समापनपछि पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण भएको बताए । उनले पार्टी अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पनि बताए ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णयमात्रै बाहिर लैजान पार्टीका केन्द्रीयसदस्यलाई निर्देशन दिएका थिए ।
उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनैपनि पिल्लरहरूलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएका छन् ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै रिजालले भने, ‘हिजोदेखि एउटा हल्ला चलाइएको छ, नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरू भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन् । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रूपमा खारेज गर्नु भएको छ ।’ उनले बैठकमा संघीयताबारे छलफल नै नभएको बताउँदै भने, ‘तपाईहरूलाई थाहै, हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ ।’

बैठकमा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरूले संघीयतामाथि पुनर्विचार गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोही आधारमा सञ्चारमाध्यममा एमालेभित्र उठ्यो संघीयता विरोधी आवाजलगायतका शीर्षका मिडियामा समाचार आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्