Logo
Logo

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, नेताहरुले भेट्न पाएनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० मंसिर ।
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।

अप्रेसन अगाडि नै एपेन्डिसाइटिस फुटेको र शरिरमा संक्रमणको जोखिम भएकाले भेन्टिलेटरमा राखिएको स्रोत बताउँछ ।
सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । तर मंगलबार बिहान मात्र उनलाई अस्पताल लगिएको थियो । अस्पताल जान ढिलो हुँदा एपेन्डिसाइटिस फुटेको आँकलन गरिएको छ । एपेन्ठिसाइटिस फुटेर हुने संक्रमणलाई गम्भीर मानिन्छ ।

प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएका थिए । ओलीलाई विशेष निगरानीमा राखिएो अस्पताल स्रोत बताउँछ । अस्पतालले जारी गरेको बिज्ञप्तीमा उनको अवस्था स्थिर छ । उनलाई भेट्न नेताहरु अस्पताल पुगेपछि भेट गर्न दिइएको छैन ।
मिर्गाेलाको रोगबाट समेत पीडित ओलीले सोमबार मात्र ग्रान्डि अस्पताल गएर डायलसिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्