
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा आज बिरोध प्रदर्शन गर्ने भएको छ ।
सो पार्टीका उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो ।
हिजो मात्र समाजवादीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।











