Logo
Logo

काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गर्न एडीबीले ४० अर्ब ऋण दिने


1.7k
Shares

काठमाडौं । एसियाली विकास बैङ्कले नेपाललाई करिब ४० अर्ब रुपैयाँ (३० करोड डलर) ऋण दिने भएको छ । उक्त ऋणमार्फत काँकडभिट्टाबाट लौकहीसम्मको करिब ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ ।

उक्त सडक खास गरी विपत्को जोखिमबाट सुरक्षित रहने र पुलहरू बाढीबाट पनि जोगिने गरी डिजाइन गरिने एडिबीले जनाएको छ । उक्त सडकखण्डमा सडक सुरक्षा, फुटपाथ, सडक बत्ती, सडक वारपार, बस स्टपलगायतका विशेषता रहने पनि एडिबीले जनाएको छ ।

खास गरी भारत र बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । सडक निर्माण भएपश्चात् सीमा क्षेत्रको व्यापार र स्थानीय समुदायको जीवनस्तर उकासिने एडिबीको दक्षिण एसिया क्षेत्रका यातायातविज्ञ सिन वाई चोङले बताए ।

यस परियोजनाले सडक विभागको क्षमता पनि बढाउने एडिबीले जनाएको छ । त्यस्तै सडक निर्माणका व्रmममा सडक सुरक्षा जनचेतना कार्यव्रmम, स्वास्थ्य तथा पोषण र मानव बेचबिखनविरुद्धका कार्यव्रmम सञ्चालन गर्ने पनि एडिबीले जानकारी दिएको छ ।

ऋण सहायतासँगै एडिबीले थप सात लाख ५० हजार डलर बराबरको प्राविधिक सहायता अनुदानका रूपमा उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्