Logo
Logo

शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष पक्राउ


3k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि प्रहरीले उनलाई आज सिंहदरबारबाट पक्राउ गरेको हो ।

मियाँ चढ्ने गाडी यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर सो गाडीमा लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।
यस प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि मियाँ सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्