Logo
Logo

सहकारी संस्थामा नियमनमा कडाइ गरिने


882
Shares

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्