Logo
Logo

नीति तथा कार्यक्रमका तस्बिरहरु


1.1k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ ।

राष्ट्रपति पौडेलले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकतामा राखिने जानकारी दिएका हुन् । त्यस्तै, वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिए ।

यस्तै, बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्