Logo
Logo

सप्तरीको छिन्नमस्ता राजपा नेपाल विजयी


- दृष्टि न्युज/संवाददाता


सप्तरी, १५ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अच्छेलाल यादवभन्दा ११ मत बढी ल्याई निर्वाचित भएका हुन् ।
यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुन् ।
मतगणनाअनुसार नेपाली कांग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश यादवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डलले दुई, स्वतन्त्र उम्मेवारहरू नुरहसन मन्सुरीले दुई र धीरेन्द्रकुमार यादवले एक मत प्राप्त गरेका छन् । वडाध्यक्षको उपनिर्वाचनमा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार चार सय तीन मतदाता थिए । रासस

प्रतिक्रिया दिनुहोस्