Logo
Logo

दाङमा नेकपाकी उम्मेदवारलाई सात सय मतको अग्रता


- दृष्टि न्युज/संवाददाता


दाङ, १५ मंसिर ।

प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन्।


उनी कांग्रेस उम्मेदवार भन्दा ७७२ मतले अघि छिन्। बबई गाउँपालिका १ र तुलसीपुर उपमहानागरपालिका १ वडाको ३१०१ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा अघि छिन्।
यी दुबै वडा नेकपाले स्थानीय निर्वाचनमा जितेका वडा हुन्। अहिले बबई २ को मत गणना भइरहेको छ । बिहान सवा ९ बजेबाट मतगणना सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्