Logo
Logo

यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन : प्रधानमन्त्री


882
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको बताएका छन् ।

मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अहिलेको नीति तथा कार्यक्रममा सरकारको सोंच र गन्तब्य स्पष्टसँग आएको बताए ।

‘सरकारका प्रमुख नीतिगत प्राथमिक्ताका विषयलाई समेटिएको छ । यो नीति तथा कार्यक्रममा दिर्घकालिन सोँच मात्र होईन । त्यसलाई व्यवहारमा उतार्न अबलम्बन गरिने प्रमुख प्राथमिकता र रणनीतिहरु पनि स्पष्टसँग परिभाषित गरिएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘विभिन्न आन्तरिक तथा बाह्रिय कारणहरुले गर्दा अर्थतन्त्र अझै चुनौतीकाबीचबाट गुज्रिरहेको सन्दर्भमा धेरै महत्वकांक्षा भएर नीति तथा कार्यक्रम ल्याउनु व्यवहारिक हुँदैनथियो । कार्यन्वय विषयलाई उच्च प्राथमिकता यसकारण दिइएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी बर्षमा जे जति काम गर्न सक्छ त्यसलाई नै आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको भन्दै अहिलेको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको स्पष्पट पारे ।

‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्तः गर्नुभएको छ । त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु । कृषि क्षेत्रको सुधार, आर्थिक सुधार गर्दै आर्थिक संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ ।’

‘नेपाली जनताको दशकौंको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासकीय प्रणाली संस्थागत गर्ने ध्येयका साथ आएको नीति तथा कार्यक्रम गन्तव्यहीन भन्नु विल्कुल तर्कसँग छैन । नीति तथा कार्यक्रम सरकारको सोच, लक्ष्य र गन्तव्य प्रस्ट रुपमा आएको छ । सरकारको प्रमुख नीतिगत कार्यक्रमहरुलाई प्राथमिकताका साथ समेटिएका छन् । अतः नीति तथा कार्यक्रमलाई दीर्घकालीन सोच मात्र होइन त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने रणनीतिहरु समेत लिइएको छ । अतः यो गफको पुलिन्दा होइन’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्