
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एक खेल हुनेछ ।
च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । यता दशरथ रंगशालामा २ बजेबाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।