
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पहेँलो धातु सुनको भाउ सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।