Logo
Logo

प्रधानमन्त्री र गृहमन्त्रीलाई रविको प्रश्न- बादल, प्रेमलाई सोधपुछ गर्न किन डराएको ?


2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यका सबै अंगको विश्वसनीयता समाप्त पारेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएको भन्दै उनले अब त राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ,’ उनले भने ।

उनले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताए ।

‘ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ? । हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु,’ उनले प्रश्न गर्दै भने ।

उनले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई उनीहरुमाथि पनि छानबिन हुनुपर्ने बताए ।

‘एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,’ लामिछानेले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्