Logo
Logo

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा


2.8k
Shares

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता एकनाथ रिजालसहित ३० जनालाई पाँच वटा मुद्दा लगाउने निर्णय गरेको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध बुधबार मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो भने १४ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

पक्राउ परेका केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरीलगायत १६ जना रहेका छन् । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् ।

यस्तै, फरार रहेका लक्ष्मी महर्जन, अशोक पोखरेल, दीपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापालाई पनि प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्