Logo
Logo
नक्कली शरणार्थी प्रकरण

प्रतिवादी छुटेको अवस्थामा पुनः पक्राउ पर्ने


8.9k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र लेख्ने निर्णय भएको छ ।

काठमाडौं सरकारी वकिल कार्यालयले सरकारी कर्मचारी र सार्वजनिक ओहदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको हो । सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ ।

अभियोगपत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा पुनः प्रहरीको जिम्मा लगाउन माग गरिएको छ । थाथै, सरकारी वकिलको कार्यालयले प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्