
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ। बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।