Logo
Logo

किसान संगठनले आज काठमाडौंमा प्रदर्शन गर्ने


882
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषि बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।

नेमकिपा निकट किसान संगठनले जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्