Logo
Logo

सुनको भाउ ५ सय रुपैयाँले घट्यो



काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) पहेँलो धातु सुनमो भाउ ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला तोला ५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्