Logo
Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध



पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारले खानसहित ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्