Logo
Logo

काठमाडौं महानगरका सबै वडामा सरसफाइ


315
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३२ वटै वडामा सरसफाइ गरेको छ । महानगरले जनप्रतिनीधिले पद बहाली गरेको एक वर्ष पुगेको अवसरमा आज वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा सरसफाइ गरेको हो ।

त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त) मा सरसफाइ गरिने छ ।

‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ । विसं २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्