Logo
Logo

भ्रष्टाचारविरुद्धको लडाइँ सबै मिलेरमात्र जित्न सक्छौं : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति रहेको बताएका छन् । सरकारका आगामी अािर्थक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुका जवाफ दिँदै यस्तो बताएका हुन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले सम्झौताको मान्यताबाट अघि बढुनपर्ने महसुस गरेको बताउँदै भने, ‘अन्ततः सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यता मैले महसुस गरेँ । परम्पराका पनि जे छन्, त्यसलाई एक हदसम्म स्वीकार गरेर जानुपर्ने र केही नयाँ कुराहरु पनि सम्बोधन गरेर लानुपर्नेछ ।’
प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई केही ‘कर्मकाण्डी’ भनेपनि विगतको जस्तो परम्परागत शैलीको नरहेको बताए ।

यस पटक परम्परागत भन्दा नयाँ नीति तथा कार्यक्रम ल्याउने कोशिस गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटकको मौलिकता, सबै दलको अपनत्व र स्वामीत्व यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको छ । यो नीति तथा कार्यक्रम विगतको भन्दा फरक सन्दर्भसहित आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘जसले यसलाई कर्मकाण्डी भन्नुभएको छ, म एक हदसम्म भन्ठान्छु, यो कर्मकाण्डी पनि छ । कयौं आधारभूत कुराहरु यसअघिका सरकारहरुले ल्याउने पनि यस्तै हुन्थ्यो । त्यसकारण यो कर्मकाण्डी नै हो भने, हिजो सरकारको नेतृत्व गर्ने साथीहरुले भन्नुपर्ने हुन्थ्यो, हिजो सरकारको नेतृत्तव गर्ने पार्टी र नेता साथीहरुले भन्नुपर्ने हुन्छ, विल्कुल ठिक आयो, हामीले ल्याएको जस्तै आयो । हामीले पनि यस्तै ल्याउँथ्यौं, अहिलेको सरकारले पनि त्यस्तै ल्याएको हुनाले समर्थन गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति कटाक्ष गर्दै पहिलाकोले ल्याएको यो भन्दा गुणात्मक रुपमा फरक थियो र ? त्यसकारण यहाँ कहीँ न कहीँ हाम्रो राष्ट्रिय सहमति छ भन्ने ठान्छु म ।’

उनले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न समेत दलहरुलाई आग्रह गर्दै पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भएपनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए । ‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’

उनले सरकारको नीति तथा कार्यक्रमले गन्तव्यहीन भन्नु तर्क संगत नभएको बताउँदै भने, ‘नीति तथा कार्यक्रमले जनताको मर्म समेटेको छ ।’ उनले नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा मात्र नभएको समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस्