Logo
Logo

फोनिज काठमाडौंद्वारा निःशुल्क आँखा शिविर सम्पन्न



काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । फोनिज काठमाडौंले अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

उक्त आँखा शिविरबाट करिव ८० जनाभन्दा बढिले सेवा लिएकाे आयोजकले बताएको छ । सो शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढि सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौंका अध्यक्ष शैलेश डंगोलले जानकारी दिए ।

आँखा परिक्षणका क्रममा चश्मा, आईड्रोप लगायत सामग्री समेत निःशुल्क वितरण गरिएकाे थियाे। पत्रकारहरु कम्युटर तथा अन्य प्रविधिसंग संलग्न हुने हुँदा आँखाको सुरक्षामा चुनौति बढ्दै गएको बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत आँखा शिविर सञ्चालन गरेकाे हाे ।

शिविरको उद्घाटन सत्रमा बागमति प्रदेश सभा सदस्य एवम् पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, फोनिज केन्द्रीय कोषाध्यक्ष लाला गुरुङ, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, अरनिको समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्