Logo
Logo

काभा भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो


1k
Shares

काठमाडौं । नेपालमा जारी रहेको काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

उज्वेकिस्तान समूह ए बाट र नेपाल समूह ए बाट सेमिफाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्