Logo
Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा अभिलाशा नियुक्त


756
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छन् । कम्पनीको २९औँ वार्षिक साधारणसभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा उनले व्यक्तिगत कारण देखाइ सो पदबाट राजिनामा दिएकाले उक्त पदमा अभिलाशा पन्त शर्मालाई मनोयन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले भैसेपाटी, ललितपुर बस्ने शर्मालाई संस्थापक संचालक पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्