Logo
Logo

डिएसपी बढुवामा बिचौलिया



काठमाडौं । नेपाल प्रहरीमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा तयारी अघि बढेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सरुवाको विषयमा छलफल चल्दै आएको स्रोत बताउँछ ।

एसपी सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु पनि फेरिने छन् । सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ ।

सुनसनरीमा प्रभु ढकाल, उदयरपुरमा ज्ञानेन्द्र फुयाल, इलाममा दिलिप घिमिरे, नुवााकोटमा रमेश पण्डित, मकवानपुरमा वामदेव गौतम, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, रौतहटमा बीरबहादुर बुढा कार्यरत छन् ।

उनीहरुको १० महिनाको अवधि पुगिसकेकाले सरुवा हुन लागेको हो । एसपी सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरु लागेका छन् । त्यस्तै, बढुवा हुने लगत्तै तराईका जिल्लामा खटिएका विश्वराज खड्का, दुर्गा रेग्मी, नरेराज सुवेशी, कोमल शाह, सुधीर शाही लगायत केहीलाई हटाइने सम्भावना छ । कार्यसम्पादन राम्रो नभएकाहरुलाई हटाउने तयारी छ ।

त्यस्तै, केही डिएसपी र इन्सपेक्टरको पनि सरुवा तयारी भइरहेको छ । विगतमा केहीलाई आर्थिक चलखेलको आधारमा नियमविपरीत काज खटाइएकोमा उनीहरुको संशोधन हुने सम्भावना छ । त्यो रोक्नका लागि पनि चलखेल भइरहेको छ ।

उता इन्सपेक्टरबाट डिएसपी बढुवा पनि पेचिलो बनेको छ । ४४ रिक्त पदमा एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । सबै प्रतिस्पर्धीहरु शक्तिकेन्द्र धाइरहेकाले बढुवामा ढिलाई भएको हो । आकर्षक पोष्टिङ बसेर अकुत कमाएकाहरु भने पैसा खर्च गरेरै बढुवा हुने दाउमा छन् । जसकारण इमान्दार र पहुँच नभएका इन्सपेक्टरहरु सुरुदेखि नै पछि पर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्