Logo
Logo

आज २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


2.6k
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सनुको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्