Logo
Logo

विश्व वातावरण दिवशमा भेडेटारवासीले गरे सरसफाई


315
Shares

धरान । विश्व वातावरण दिवशमा भेडेटारवासीले सोमवार कोशी राजमार्गमा सरसफाइ गरेका छन् । ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री सामग्रीको उपयोग गरौं’ भन्ने नारालाई सफल पार्न उनीहरुले राजमार्गमा मिल्काईएका प्लाष्टिकहरु टिपेका हुन् ।

यो वर्षको वातावरण दिवश पारेर राजमार्ग जिरो प्वईन्टदेखि भेडेटारसम्म रहेको राजमार्गको फोहोर, प्लाष्टिक तिन दिनसम्म टिप्ने कर्याक्रम रहेको आयोजक संस्था वातावरण तथा पर्यटन विकाश केन्द्रका कार्य समिति सदस्य लक्ष्मी प्रधानले जानकारी दिइन् ।

करिव सय जनाको सहभागितामा भएको सफाई कार्यक्रमको पहिलो दिन विहान भेडेटार वजारदेखि विगवुद्ध छेउसम्म सफाई गरिएको छ । सागुरीगढि गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली र उपाध्यक्ष मुना राईको अगुवाईमा आयोजित सफाई कार्यक्रममा स्थानिय आमा समुह, होटल एशोसियसनका पदाधिकारी, व्यापारी नेपाल आर्मी, प्रहरीका जवानहरु सामुदायिक वनका पदाधिकारीहरु, आदिवासी जनजाती महासंघका प्रतिनिधी, किरात राई यायोख्खा भेडेटारका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सफाईवाट ५० वोरा प्लाष्टिकजन्य फोहोरहरु संकलन गरिएको सागुरीगढि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार ठाकुरले वताए । सफाईपछि स्थानिय शंख पार्कमा भएको एक औपचारीक कार्यक्रममा धरानका ४ जना कवाड सामानका व्यापारी र ७ जना कवाड सामान संकलकहरुलाई टिक अविर खादा लगाएर अध्यक्ष रुम्दाली र उपाध्यक्ष राईले सम्मान गरेका थिए ।

उनीहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याउने वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल) का अध्यक्ष आनन्द श्रेष्ठले हाम्रो शहरवजारलाई कवाडखान हुनवाट वचाउने अनि फोहोरलाई मोहरमा रुपान्तरण गरेर धेरैलाई रोजगार श्रुजना गर्ने, सरकारलाई राजस्व तिर्ने महत्वपुर्ण भुमीका निभाउने कवाड सामानका व्यापारीहरु र संकलनहरुलाई अव समाजले ईज्जत सम्मान गर्नुपर्ने वताए । विश्वको वातावरण सफा राख्ने कार्यमा कवाड व्यवसायिहरुको महत्वपुर्ण भूमीका रहेकोले उनीहरुलाई सम्मान गर्न आजको दिनदेखि धरान भेडेटारका मानिसहरुले शुरुआतमा यस कार्यक्रम राखेको वताए ।

कार्यक्रममा वोल्दै धरानमा २५ वर्षदेखि कवाडको व्यवसाय गर्दै आएका व्यापारी त्रिपुरादि प्रसाद जैसवालले आफुहरुले शहरको पुराना सामानहरुलाई किनेर सरकारलाई राजस्व तिर्ने र धेरेै लाई रोजगारी दिँदै आएको तर हालै धरान उपमहानगर पालिकाले आफुहरुलाई फोहोरी भन्दै खेदाउन लागेकोमा दुख लागेको वताए ।

भेडेटार पर्यटक क्षेत्र भएकोले यहाँवाट निस्कने फोहोर मैलाहरुलाई व्यवस्थापन गर्न आफुलाई अप्ठायारो परीरहेको वेला धरानका कवाड व्यवसायिहरुलाई सम्मान गरी उनीहरुवाट सुझाव लिन पाउँदा आफुलाई खुसी लागेको बताउँदै राजमार्गको सफाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सेड नेपालको आयोजना र पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश–१ को सहयोगमा संचालित सफाईमा पहिलो दिन विभिन्न सामाजिक संघ संस्थाहरु सहभागि रहे पनि दोश्रो र तेश्रो दिन भने कवाड सामानहरु संकलन गर्दै हिडने युृवालाई पारीश्रमिक दिएर खटाईने सेडका सदस्य विशाल भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्