Logo
Logo

छात्रवृत्ति वितरणको विवरण नदिने विद्यालयको स्वीकृति रद्द गर्ने महानगरको चेतावनी


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिको विवरण उपलब्ध नगराउने ३४२ विद्यालयको सूची सार्वजनिक गर्दै कारबाही प्रक्रिया अघि बढाउने बताएको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्