Logo
Logo

दक्षिण अफ्रिका उडे सन्दीप लामिछाने


1.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका उडेका छन् । उनी आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्न दक्षिण अफ्रिका गएका हुन् ।

बलात्कार मुद्दामा अदालतले असार २९ मा सन्दीपको पेसी तोकेसँगै क्यानले सन्दीपलाई दक्षिण अफ्रिका पठाएको हो ।

यसअघि, नेपाली टोलीसँग नै पठाउँदा पूर्ण १ हप्तापश्चात नेपाल फर्काउनु पर्ने स्थिति देखिएसँगै सन्दीपलाई दक्षिण अफ्रिका पठाइएको थिएन।

फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।

प्रतिक्रिया दिनुहोस्