Logo
Logo

रुसी सेनाका कमाण्डर वाग्नर समूहको नियन्त्रणमा



एजेन्सी । युक्रेन युद्धमा रुसी सेनालाई सहयोग गर्ने भाडाका सैनिक समूह ‘वाग्नर’ समूहले रुसी सेनाका कमाण्डरलाई नियन्त्रणमा लिएको छ ।

युक्रेन–रुसबीच युद्ध चलिरहेका बेला रूसी सेनाका शीर्ष कमाण्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई वाग्नर समूहले बन्धक बनाएको हो ।

वाग्नर समूहले भेनेभिटिनलाई नियन्त्रणमा लिएर बन्धक बनाएको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ ।
यसअघि रूसी सेना र वाग्नर समूहबीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्