Logo
Logo

राष्ट्रियसभा बैठक भोलिसम्मलाई स्थगित



काठमाडौं । आज बस्ने भनिएको राष्ट्रियसभा बैठक सरेको छ । आज मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक भोलि बुधबार ११: ११ बजेसम्मका लागि सारिएको हो ।

संघीय संसदका महासचिप डा भरतराज गौतमले आजका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः१ बजे बस्नेगरी सारिएको जानकारी दिए । 

आजको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने लगायत कार्यसूची रहेको थियो । तर, प्रधानमन्त्री खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत गएपछि आजका लागि तय भएको बैठक भोलिका लागि सारिएको हो ।


 

प्रतिक्रिया दिनुहोस्