Logo
Logo

डाक्टरको बलात्कारपछि हत्या गर्नेलाई घटनास्थलमै लगेर इन्काउन्टर , प्रहरीलाई फुलको वर्षा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर ।
भारतको हैदरावादमा डाक्टरलाई बलात्कारपछि जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले पक्राउ गरेर घटनास्थलमै लगेर मारिदिएको छ। कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।


हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो। घटनास्थल देखाउन लगेको अवस्थामा भाग्ने प्रंयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ। २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो। यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो। न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो।
घटनापछि भारतीय प्रहरीको प्रशसा भइरहेको छ । प्रहरीको गाडीमा सर्वसाधरणले फुल वर्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्