
काठमाडौं । कैलालीको केदारेश्वर सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो ।
बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।