
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि उकालो लागेको छ । आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूलय पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ ।