Logo
Logo

करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ



काठमाडौं । आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

संसदमा बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्व कर्मचारीलाई संलग्न गराइएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो ।

सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ । उनीहरुले यो विषयको छानबिनमा लागि समिति नै बनाउनुपर्ने अडान लिएका छन् । अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।

यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्