
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कार्यालयका सुरक्षाकर्मी धनबहादुर राना आज बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनी सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको नयाँ भवनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।
शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको गौशलाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए । खड्काका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।











