Logo
Logo

बजेटले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दैन : ओली


252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै उनले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताएका हुन् ।

‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन । कुनै प्रयास बिना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ । सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न बजेट चुकेको छ,’ उनले भने ।

समृष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापकरूपमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय वचतको वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा घटाउने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनले बताएका हुन् ।

ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् । उनले भने,
‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन् ।’

उनले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए

प्रतिक्रिया दिनुहोस्