Logo
Logo

५० हजार घुससहित वडाअध्यक्ष पक्राउ


4k
Shares

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् ।

घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार बिद्यालयबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्