Logo
Logo

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ ।

टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट दिएका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो ।

सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्