Logo
Logo

सुनकोशी दुर्घटना : बेपत्ता जिप र दुई जनाको शव फेला



सिन्धुली । सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का जिप र दुई कर्मचारीको शव फेला परेको छ । एक जनाको शव भने अझै बेपत्ता रहेको छ।

घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो ।

पाँच दिनअघि जीपसहित नदीमा खसेर सिटिइभिटीका अधिकारीहरू बेपत्ता भएका थिए । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको गाडीमा प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू पाँच दिनदेखि बेपत्ता थिए। चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।

बा१झ ७४६७ नम्बरको गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट(घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका(७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।

प्रतिक्रिया दिनुहोस्