Logo
Logo

१६ ठेकदार कम्पनीलाई स्पष्टीकरण मागियाे


378
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर सो समय अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

स्पष्टीकरण माग गरिएकाहरुमा राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा चितवन, राजा बहादुर झा नेतृत्वको नव निर्माण विल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिशेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि चितवन, राजु पोखरेल नेतृत्वको ब्लुवर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन भक्तपुर र मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्