Logo
Logo

बुधबार सुनको मूल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्