Logo
Logo

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन गगनको माग


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न गरिएको प्रस्ताव सच्याउन माग गरेका हुन् ।

‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकालाई यसले संकुचित पार्छ र काम प्रभावित गर्छ,’ उनले भने ।

जिल्ला प्रशासनले गर्ने काम कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन नसक्नेसमेत थापाको भनाइ छ । ‘खर्च कटौतीको कोणबाट हेर्दा पनि वार्षिक १५ करोड बचत हुने देखिन्छ । के १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको हो? मलाई यस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्