
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चारदिने भारत भ्रमण विगतकोभन्दा फरक अनुभूति गरेको बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको र विश्वासको वातावरण बनेको बताएका हुन् ।
उनले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको समेत बताए ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतले आगामी १० वर्षभित्र नेपालमा उत्पादित १० हजार मेघावाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढेको बताए ।














