Logo
Logo

‘अखण्ड भारत’ नक्साबारे भारतको जवाफ- राजनीतिक रूपले हेर्नु हुँदैन (पूर्णपाठ)


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सा राजनीतिक नक्सा नभएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भारत भ्रमणका क्रममा आफूले ‘अखण्ड भारत’ नक्साबारे गम्भीर रुपले कुरा राखेको बताएका हुन् ।

सो क्रममा उनले उक्त नक्सा राजनीतिक विषय नभएको पनि बताए । ‘संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपले नै किनकि त्यो धेरै अध्ययन त भइसकेको थिएन । तर, पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ,’ उनले भने ।

जवाफमा आफूले उक्त नक्सा ऐतिहासिक र सांस्कृतिक नक्सा रहेको उत्तर पाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
‘यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने जवाफ उहाँहरुको थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्