काठमाडौं । मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ । सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वल्र्ड कंग्रेस र अर्बन समिटमा साहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको जानकारी दिएकी हुन् ।

यस्तै, विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।











