Logo
Logo

लिभिङ टुगेदरमा रहेका युवतीको प्रेमीबाटै हत्या


4.1k
Shares

काठमाडौं । काठमडौंको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएका एकजना युवतीको उनकै प्रेमीले कुटपिट गरी हत्या गरेका छन् ।

ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएका २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए । अमरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्