Logo
Logo

प्रेस काउन्सिलको भ्रष्टाचार छानबिन गर्न पत्रकारको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर ।
प्रेस काउन्सिल नेपाल शुद्धिकरण अभियान जारी राख्दै नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले आज संचारग्राममा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । पत्रकार दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सहभागी पत्रकारहरुले काउन्सिलमा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न एउटा आयोग गठनको माग गरेका छन् ।


अन्तरक्रियामा पत्रकारहरुले प्रेस काउन्सिलको बजेट व्यापक दुरुपयोग गरिएको , आचारसंहिता गोष्ठिको नाममा वार्षिक करोडौं भ्रष्टाचार गरिएको र पत्रिका वर्गिकरण गर्दा समेत काउन्सिलका पदाधिकारीहरुले पत्रकारहरुसँग खसी, बोका तथा चामल उपहार लिएको र त्यही आधारमा वर्गिकरण गरिएको आरोप लगाएका छन् । काउन्सिलमा नक्कली बिल बनाएर समेत अनियमितता हुने गरेको पत्रकारहरुको आरोप छ ।
प्रेस काउन्सिल नेपाल विगत लामो समयदेखि अध्यक्षविहिन भएकाले तत्कालै उच्च नैतिकतावान व्यक्ति नियुक्त गर्न पत्ररकाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
हालै प्रेस काउन्सिलले गरेका पत्र पत्रिा वर्गिकरणमा समेत काठमाडौं र जिल्लाभरीका पत्रिकारलाई विभेद गरिएको भन्दै विरोध जनाइएको छ । काउन्सिलविरुद्ध पत्रकारहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्